Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

Reporter

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन्। बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गरेका छन्। पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा गए राति बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको थियो।

दुर्घटनामा परी १८ जना घाइते भएका छन्। प्रधानमन्त्री दाहालले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको