Logo
14 Apr 2024    २ बैशाख २०८१, आईतवार

ताजा खबर

भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस लिंग परिवर्तन गरेकाले मागे तेस्रोलिंगीको नागरिकता नयाँ बर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा ‘अब २४ सै घण्टा काठमाडौँ जाग्छ’: प्रमुख कार्यकारी अधिकृत परियार उत्पादन श्रमसँग शिक्षा जोड्न आवश्यक : प्रेम सुवाल इजरायलमाथि इरानको ड्रोन आक्रमण

महानगरद्वारा नमूना विद्यालयलाई ९० लाख

Reporter

काठमाडौँ महानगरपालिकाले तीन नमूना विद्यालयलाई रु ९० लाख रकम उपलब्ध गराएको छ। कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमा नै नमूना विद्यालय घोषणा गरेको ऐतिहासिक दरबार हाइस्कुल हाताभित्र सञ्चालित भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई रु ३० लाखका दरले रकम उपलब्ध गराएको हो।

कामपाले चालु आवमा नमूना विद्यालयको लागि रु एक करोड बजेट विनियोजन गरेको थियो। विशेष गरी नमूना विद्यालयमा प्रविधिको सहज पहुँच, विद्यार्थीको अनुपातमा विषयगत शिक्षक दरबन्दी, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा, अन्य विद्यालयमा भन्दा आकर्षक आन्तरिक कार्यक्रमजस्ता विषय समावेश हुनुपर्छ।

तीनवटै विद्यालयले उपलब्ध रकमबाट थप भौतिक पूर्वाधार सुधार र अन्य केही फरक किसिमको सिकाइका कार्यक्रम गर्नुपर्ने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार विद्यालयले उक्त रकम कुन शीर्षकमा खर्च गर्ने भनी तयार पारेको प्रस्ताव कामपामा बुझाइ सकेका छन्। अब प्रस्तावअनुसार काम भयो भएन भने कामपाले अनुगमन गर्नेछ।

कामपाका नमूना विद्यालयमा ऐतिहासिक सम्पदा, कृषि र कलाको बारेमा पठनपाठन गराइने तयारी छ। नमूना विद्यालयअन्तर्गत कन्या माध्यमिक विद्यालयमा ऐतिहासिक सम्पदा र वातावरण संरक्षण कसरी गर्ने भन्नेबारे अध्ययन गराइन्छ। हाल कामपामा ८९ वटा सामुद्यायिक विद्यालय छन्। जसमा ५९ माध्यमिक विद्यालय छन् भने ३० प्राथमिक विद्यालय छन् जसमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन्। त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको