
पाेखरामा आज आइतवार दुर्घटनामा परेकाे यति एअरलाइन्सकाे विमानमा सवार यात्रुका आफन्तका लागि नागरिक उड्डयन प्राधिकरणले निःशुल्क बासकाे व्यवस्था गरेकाे छ ।
प्राधिकरणले ट्वीट गर्दै विमानमा सवार यात्रुका आफन्तका लागि गण्डकी अस्पताल नजिकै रहेकाे हाेटल लेकालीमा बास बस्ने व्यवस्था गरेकाे जनाएकाे छ । यसका लागि ९८५६०४४९१४ मा सम्पर्क गर्न सकिने छ ।
यस्तै दुर्घटनाग्रास्त विमानमा सवार यात्रुकाे आफन्तजनले थप जानकारी प्राप्त गर्न ९८०२८२८८०० मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएकाे छ । अस्पतालमा आवश्यक सहयोग र समन्वयका लागि ९८०२८११२२२ र ९८०२८१२१११ मा सम्पर्क गर्न सकिनेछ ।
लोकप्रिय समाचार