Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

डा. रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई

Reporter

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठित इसा अवार्डका लागि छनौट भएकोमा वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई बधाई दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत डा. रुइतको मानव कल्याणको क्षेत्रको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको उल्लेख गरेका छन्। ‘राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।’ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्।

वरिष्ठ नेत्र चिकित्सक डा. रुइतले मंगलबार बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको पुरस्कारको पाँचौँ संस्करण पाउने घोषणा गरिएको थियो। सो पुरस्कार १० लाख अमेरिकी डलरको छ। यसअघि रुइत सन् २००६ मा रोमन म्यागसेसे पुरस्कार र सन् २०१८ मा भारत सरकारको पद्मश्री सम्मानबाट सम्मानित भइसकेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको