Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

एमाले २० वर्षपछि घोराहीमा

admin

नेकपा एमालेले २० वर्षपछि दाङको मुख्य शहर घोराहीमा फेरि आफ्नो पुनरागमन गरेको छ। २०५४ सालको स्थानीय निकाय निर्वाचनमा घोराही, तुलसीपुर र लमही लगायतका क्षेत्रमा एमालेले जिते पनि त्यसयता उसले जित्न सकेको थिएन। सोमबार साँझ सार्वजनिक भएको मत परिणाम अनुसार मुलुककै ठूलो उपमहानगर घोराहीमा एमालेले मेयर र उपमेयर दुबैमा निर्वाचित भएर २० वर्षपछि भएको स्थानीय निर्वाचनमा पुनरागमन गरेको हो। मेयरमा एमालेका नरूलाल चौधरीले निकटतम प्रतिद्धन्दी कांग्रेसका भूपबहादुर डाँगी भन्दा ४ हजार ५ सय ४६ मत अन्तरले विजयी भए। चौधरीले २२ हजार ३० मत पाएका थिए भने कांग्रेसका डाँगीले १७ हजार ४ सय ८४ मत पाएका थिए। त्यसैगरी उपमेयरमा पनि एमालेकै सीता न्यौपाने निर्वाचित भएकी छन्। उनले निकटतम प्रतिद्धन्दी कांग्रेसकी पुष्पा श्रेष्ठ भन्दा ३ हजार १ सय ८९ मत बढी प्राप्त गरेर विजयी भएकी हुन्। घोराहीमा नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार जीवन गौतमलाई १२ हजार ८२ र उपमेयर सीता चौधरीलाई १२ हजार ८ सय २४ मत प्राप्त भएको थियो।

को हुन् नरूलाल चौधरी ?

घोराहीको मेयरमा निर्वाचित चौधरी पूर्व पत्रकार हुन्। २०५२ सालमा रेडियो नेपालको जागिर सुरू गरेका चौधरीले २०५४ सालमा रेडियो नेपाल छोडेका थिए। उनले रेडियो नेपालबाट थारू भाषाको समाचार २ वर्ष जति पढेका थिए। तर, २०५४ सालमा चौधरी एमाले दाङको कमिटी सदस्यमा निर्वाचित भएपछि रेडियो नेपालको जागिर छोडेर राजनीतिमा होमिएका थिए।

२०२४ सालमा साविक रामपुर गाविसमा जन्मिएका चौधरीले कमर्सबाट स्नातक गरेका हुन्। उनले शिक्षक भएर पठन पाठन समेत गरेका थिए। स्कूले जीवनदेखि नै अनेराश्ववियूबाट राजनीति सुरु गरेका चौधरीले रेडियो नेपालको जागिर छोडेर आएकै वर्ष २०५४ सालमै तत्कालिन रामपुर गाविसको पार्टी अध्यक्ष समेत भए। चौधरी २०६९ सालमा एमाले दाङको जिल्ला अध्यक्ष भएर सफल नेतृत्व प्रदान गरेका नेता हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको