Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

Reporter

गृह मन्त्रालयले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ का लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी प्रेमबहादुर विकको जाहेरीले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी रहेका महतोलाई पक्राउ गरी कारबाही गर्न उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेबाट पटक पटक मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पक्राउका लागि निर्देशन दिएको हो ।

“निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारबाही अघि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्येहोरा अनुरोध छ”, मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको