Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

किताव लेख्ने मुडमा रिमा विश्वकर्मा

Reporter

काठमाडौं । रिमा विश्वकर्मा अभिनय र सञ्चारकर्ममा चिरपरिचित नाम हो । पुस्तक पढ्न उनलाई रुची छ, जुन कुरा उनैले सार्वजनिक रुपमा सुनाउँदै आएकी छिन । तर अव उनलाई किताव लेखुँ लेखुँ लाग्न थालेको छ । पुस्तक लेख्न मन लागेको कुरा उनैले शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरेकी हुन । कार्यक्रम थियोः भावना कँडेलको पहिलो उपन्यास “फेक स्माइलको विमोचन” । “मलाई लेखुँ लेखुँ त लागिरहन्थ्यो तर सामाजिक सञ्जालमा स्टाटस बाहेक केही लेख्न सकेको छैन ।” उनले भनिन “तर अब लेख्छु” । उनले किताव लेख्ने प्रेरणा भावना कँडेलले जगाइदिएको बताइन ।

“भावनाजीले सानै उमेरमा जुन शैलीमा लेख्नु भा छ, यसबाट म प्रेरित छु । उनले लेखिका भावना कँडेलले विमोचन कार्यक्रममा अतिथि बनाए जस्तै आँफुले पनि आफ्नो कितावको विमोचन कार्यक्रममा भावनालाई अतिथिका रुपमा बोलाउने योजना सुनाइन । भावना कँडेलले लेखेको उपन्यास “फेक स्माइल” आजबाटै बजारमा आएको छ । शिखा बुक्सले प्रकाशन गरेको यो पुस्तकको अत्याधिक माग बढेपछि विमोचन अघि नै दोस्रो संस्करण निकालिसकिएको छ ।

कार्यक्रममा पुस्तक समिक्षा गर्दै लेखक तथा समालोचक महेश क्षितिज कार्कीले फेक स्माइलले युवा पिँढीको मन जित्ने बताए । समिक्षाकै क्रममा लेखक क्रान्ति पराजुलीले उपन्यासमा रहेका जीवन जगत र प्रेमसम्बन्धी केही लाइनले आफ्नो मन जितेको बताइन । गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले लेखनमा भावनाको भविष्य रहेको बताए । लेखक भावना कँडेलले कोरोना कालमा लकडाउनका बेला उपन्यास लेखेको बताइन । सो क्रममा उनले व्यवसायसँग लेखन कार्यलाई निरन्तरता दिने योजना रहेको पनि सुनाइन ।।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको