Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

मर्न दिनु हुदैन जनतामा पलाएको आशा

Reporter

-डा.डिआर उपाध्याय,

नयाँ सरकार बनेसँगै केही थोरै भए पनि जनतामा आशा पलाएको छ । जनतामा पलाएको आशा मर्न दिनु हुदैन । यो सरकारको दायित्व र कर्तव्य दुबै हो । जनतामा निराशा छायो भने देशमा समस्या उत्पन्न हुन सक्छ । त्यसो भएकोले सरकारले समयमै देश र जनताकोे पक्षमा काम गरेर देखाउनु पर्छ । जनताआशावादी हुनु भनेको राम्रो संकेत हो ।नयाँ सरकार सामु अबसर संगै चुनौति पनि छन । बर्तमान प्रचण्ड सरकारले चुनौतिलाई पार गदैं राम्रो काम गरेर देखाउनु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति चिन्तित बन्नु पर्ने बेला आएको छ ।

राजनीतिक दल र तिनका नेताहरु इमान्दार नबन्दा सम्म देश बन्न सक्दैन । सबै भन्दा ठूलो कुरा इमान्दारीता हो । देश बनाउने भनेको इमान्दार र दुरदर्शी नेताले हो । राजनीतिमा दुरदर्शीता चाहिन्छ ।अहिले सम्म दलका हर्ताकर्ताहरुले आफनो स्वार्थ बाहेक अरु केही हेरेनन् । त्यसले गर्दा पनि देश बन्न नसकेको हो । अब त्यस्तो हुन दिनु हुदैन । मुलुकलाई बिकास र समृद्धिको यात्रामा अघि बढाउन सबैले आ आफनो ठाउबाट सहयोग गर्नु पर्छ । देश बनाउने भनेको मिलेर हो । अब सरकारले चुनावका बेला जनतालाई दिएका आश्वासन र प्रतिबद्धता कार्यान्वयनमा देखाउनु पर्छ ।

जनताले खोजेको कुरा नै यो छ अहिले । आज देशमा बेरोजगारी समस्या दिन प्रति दिन बढदै छ । बेरोजगारलाई रोजगार दिनु राज्यको कर्तब्य हो । राज्यले यो कुरामा बिशेष ध्यान दिनु पर्ने आबश्यकता छ । स्वदेशमा काम नपाएपछि आफ्नो जहानपरिवार पाल्नका लागि धेरै युवाहरु बाध्यात्मकरूपमा विदेसिनुपर्ने अवस्था छ । गाउँघरमा वृद्ध आमाबाबु बाहेक अरु बस्न छोडे । यो ठूलो समस्या हो । देशमा सामान्य जीविकोपार्जन गर्न सकिने अवस्था सिर्जना गरेर राज्यले चमत्कार देखाउन सके सबै खुशि हुने थिए । युवाशक्ति विदेसिनाले देशमा जनशक्तिको अभाव भइरहेको छ । रहरले कोही खाडी मुलुक गएका छैनन् त्यो सब बाध्यात्मक हो । अब सरकारले देशमै रोजगारी सिर्जना गर्ने बातावरण मिलाउनु पर्छ । सधै भरी मुलुक यस्तै अबस्थामा रहन सक्दैन । बिकाश र समृद्धि आजको आबश्यकता हो ।

अब सरकार गम्भिर भएर अघि बढनु पर्छ । अब कुरा गरेर होइन, काम गरेर देखाउनु पर्छ । जनताले परिणाम खोजेका छन । अब सरकारले स्वरोजगारका सम्भाव्यताको खोजी गर्नुपर्छ । पढे लेखेका अधिकांश युवा काम नपाएर सडकमा भौतारीरहेको हामीले देखिरहेका छौ । बेरोजगारी समस्या भनेको ठूलो समस्या हो । यो समस्या छिटो हल गदैं जानु पर्छ । समस्या आउछन तर ती समस्या संग डटेर अघि बढने आँट र साहस गर्नु पर्छ । बर्तमान सरकार देश प्रति गम्भिर भएको देखिन्छ । तर काम गदै जादा यो सरकारको गति कस्तो हुन्छ त्यो त हेर्न बाँकी नै छ । अब सरकारले गतिका साथ काम गरेर जनतालाई परिणाम दिनु पर्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको