Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

धरानका मेयर साम्पाङले अवैध संरचनामाथि चलाए डोजर

Reporter

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अवैध रुपमा बनाइएका भौतिक संरचना भत्काउन डोजर चलाउन थालेका छन् । खास गरी सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरलगायत संरचना भत्काउन मेयर साम्पाङले डोजर चलाउन थालेका हुन् । महानगरपालिकाले डोजर चलाउन थालेपछि स्थानीयले पनि प्रतिकार गर्न थालेका छन् ।

धरान महानगरपालिका वडा नम्बर ५ स्थित देउरालीमा सार्वजनिक जग्गा तथा खोला अतिक्रमण गरी बनाइएका संरचना भत्काउने काम आइतबारबाट महानगरले सुरु गरेको थियो । महानगरको डोजरले स्थानीय मुना चौधरी लिम्बूले खोलासमेत अतिक्रमण गरेर बनाएको घर भत्काउने क्रममा स्थानीयले प्रतिकार गर्दा डोजरको केही भागको सीसा फुटेको छ ।

धरान ५ को खारखोला र अँधेरी खोलाको संगमस्थलमा बहुजातीय रंगशाला बनाउने निर्णय गरेर महानगरले उक्त क्षेत्रमा बनाइएका संरचना हटाउन पत्राचार गरेको थियो । तर, स्थानीयले संरचना हटाउन नमानेपछि डोजर चलाइएको महानगरको भनाइ छ ।

स्थानीयले भने आफूहरुले वर्षोंदेखि उक्त जग्गा भोगचलन गर्दै आएकोले खोलाको सीमांकन गर्न माग गर्दै प्रतिकार गरेका हुन् ।

घरधनीले अन्तरिम आदेश जारी गर्न माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको भए पनि अदालतले भने अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको