Logo
02 Feb 2023    १९ माघ २०७९, बिहीबार

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी कालीगण्डकीको देवशिला अयोध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ

अमेरिकामा गोली चल्दा कम्तिमा १० जनाको मृत्यु

Reporter

अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा गोली चल्दा कम्तिमा पनि १० जनाको मृत्यु भएको छ।

यस्तै १० जना घाइते समेत भएको बिबिसीले जनाएको छ।  स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ।

लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयू मेयर्सका अनुसार शनिबार राति सवा १० बजे घटना भएको थियो।

‘खबर पाएपछि अधिकारीहरू त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा थिए,’ उनले भने, ‘मोन्टेरी पार्क प्रहरी फायर डिपार्टमेन्टका अधिकारी घटनास्थलमा पुगेर घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको थियो। १० जना घटनास्थलमा मृत फेला परेका थिए।’

यस घटनाका आरोपी फरार छन्। उनलाई प्रहरी खोजिरहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको