Logo
01 Feb 2023    १८ माघ २०७९, बुधबार

ताजा खबर

विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ भारतबाट बढेर आयो इन्धनको भाउ माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित खेर जाँदै ४० लाख ‘डोज’ खोप सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

जेल रेष्टुरेण्टमा जिल्ला प्रशासन कार्यालयको छापा

Reporter

भैरहवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ । त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो प्रशासनले जफत गरेको र सो रेष्टुरेण्ट बन्द गराएको छ ।

देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा आउने ग्राहकलाई लक्षित गरी रेष्टुरेण्टको कोठा जेलको आकारमा बनाएको, हत्कडी लगाउने र आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएकाले रेष्टुरेण्ट बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । उनले स्थानीय मिडियाबाट सो रेष्टुरेण्टबारे जानकारी भएको र अनुगमन गर्दा कैफियत देखिएको कारण बन्द गराइएको बताए ।

फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो । सहायक प्रजिअ अर्यालले रेष्टुरेण्ट बन्द गर्न लगाइ आज जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आदेश दिएको बताए । उनले यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको