Logo
17 Jan 2025    ४ माघ २०८१, शुक्रबार

ताजा खबर

प्रेम सम्बन्ध बिग्रिएपछि महिलाको चरित्रहत्या गर्ने दुईजना पक्राउ टेक तामाङको शव्द तथा प्रल्हाद लिमल्सिना र सुमिनाको स्वरमा ‘स्वर्ग झै सैलुङ’(भिडियो) कांग्रेसले मन्त्रीहरूलाई दियो ७ बुँदे निर्देशन काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै कथन नेपालको नयाँ गीत ‘उडायो’सार्वजनिक(भिडियो)

प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

Reporter

सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले छानबिन गर्ने निर्णय गरेको हो ।

बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको बताइएको छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सवारी भइरहेकै बेला नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । उनको उपचारका क्रममा कीर्तिपुरको बर्न सेन्टरमा आज बिहान निधन भएको हो ।

उनले आत्मदाह गर्नुअघि करिब ६ हजार शब्द लामो फेसबुक स्टाटस लेख्दै देशको अवस्था र आफूले भोग्नुपरेको सास्तीका विषयबारे उठान गराउँदै विभिन्न बुँदाहरुमा सरकारलाई सुझाव दिएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको