Logo
01 Feb 2023    १८ माघ २०७९, बुधबार

ताजा खबर

विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ भारतबाट बढेर आयो इन्धनको भाउ माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित खेर जाँदै ४० लाख ‘डोज’ खोप सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

एक लाख रुपैयाँ ऋण तिर्न नसक्दा आत्महत्या

Reporter

छोराको विवाह गर्दा लागेको ऋण तिर्न नसक्दा रामदेव मरिकले आत्महत्या गरेका छन् । छोराको विवाह गर्दा लागेको ऋण तिर्न नसक्दा तनावमा रहेका सप्तरी छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय मरिकले आत्महत्या गरेका हुन् ।

सोमबार राति खाना खाएर सुतेका उनलाई घरभन्दा ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान स्थानीयले देखेका थिए । परिवारका अनुसार दुईवटा वित्तीय संस्थाबाट एक लाख रुपैयाँ ऋण लिएका रामदेव किस्तासमेत तिर्न नसक्दा तनावमा थिए ।

उनका श्रीमती र दुई छोरा छन् । २० वर्षीय जेठो छोरा राजकुमार मरिकको गत वैशाख १ मा भारतबाट विवाह गरेका थिए । विवाह गर्न रामदेवले गाउँमै ब्याजमा ऋण लिएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको