Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

बर्दियाली लाई सरकारले बेवास्त गर्दा आक्रोशमा आए बरिष्ठ समाज सेवी बिनय रावल

Reporter

राप्रपाका युवा नेता विनय रावलले जंगली जनावरका कारण बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास बसोबास गर्ने नागरिकको जीवन कष्टकर बनेकोबारे पटक पटक राज्यको ध्यानाकार्षण गराउँदा पनि कुनै सुनुवाई नभएको भन्दै अब राजमार्ग बन्दको आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

उनले वन्यजन्तु र मानवबीचको अन्तरद्धन्द्ध कम गर्नको लागि आफूले गृहमन्त्री रवि लामिछानेको ध्यानाकार्षण गराउन समय मागेकोमा अहिलेसम्म समय नपाएको गुनासो पोखेका छन् । उनले आफूले यो अन्तिमपटक राज्यसमक्ष र सरोकारवालाहरुसमक्ष ध्यानाकार्षण गराएको भन्दै अब आन्दोलन छेड्ने घोषणा गरेका हु्न् ।

रावलले फेशबुकमा लेखेका छन्–

अन्तिम पटक ध्यानाकर्षण गराईएकाे सम्बन्धमा !!!
————————————————————–
जंगली जनावरहरूले बर्दिया जिल्लाकाे राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास बसाेबास गरि बस्ने नागरिकहरूले मेहेनेत गरि लगायकाे अन्नबाली नाेक्सान गर्ने, घर भत्काई भण्डारण गरेकाे खाध्यान नाेक्सान गर्ने, खाईदिने बस्तु चाैपायालाई घाईते बनाउने, मारिदिने र मानव समेतलाई बार्षिक रूपमा २०/२५ जना आक्रमण गर्ने र मार्ने गरेकाे बार्षिक तथ्याङकले देखाउदछ । बन्यजन्तु र मानबिचकाे अन्तरद्वन्द्व कम गर्न र दिर्घकालिन समाधानका लागि तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन-पत्र बुझाएको र उहाँले समाधानका लागि पहल गर्ने वचन दिनुभएकाे थियाे अहिले सम्म कार्यान्वयन भएकाे छैन ।

अहिले गृहमन्त्री रबि लामिछाने ज्युलाई भेटेर बर्दिया जिल्लाकाे बन्यजन्तु र मानव बिचकाे अन्तरद्वन्द कम गर्न र दिर्घकालिन पहलका लागि अनुरोध सहितकाे ज्ञापन-पत्र बुझाउन भेट्ने समय मिलाई दिनका लागि उहाँका स्वकीय सचिव दिपक बाेहरालाई पटक-पटक समय मिलाई दिनहुन अनुराेध गर्दा समेत उहाँले वास्ता गर्नु भएन । अब बर्दियालि जनताले कतिदिन याे अन्याय र त्रास्दिपुर्ण वातावरणमा जीवन यापन गर्ने ?

बर्दियामा दिनानुदिन मानबिय क्षतिका घटनाहरू भईरहने राज्य संयन्त्र कानमा तेल हालेर माैन बस्ने याे कस्ताे लाेकतान्त्रिक पद्वति हाे ? राज्य संयन्त्रको ध्यान कहिले जाने हाे बर्दियालि जनताकाे समस्याहरूमा ? अब हामी सहन सक्दैनौं बाध्य भएर राष्ट्रिय राजमार्ग अबराेध गरि हाम्रा माग सम्बाेधनका लागि चरणवद्व आन्दोलन गरि सरकारलाई घुडा टेकाउने छाै । बर्दियालि जनताहरूलाई कमजाेर ठान्नु सरकारकाे ठुलाे भुल हुनेछ । हामी हाम्रा समस्या समाधानका लागि सम्बन्धित सराेकारवालाहरूकाे अन्तिम पटक ध्यानाकर्षण गराउन चाहान्छाै । जय राष्ट्रबाद, जय पशुपति नाथ !


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको