
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।
सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर शाह बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री र मेयर शाहबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
शाहले महानगरका कामकारबाहीमा संघ सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहेका छन्।
शाहले सुकुम्बासी बस्ती हटाउन संघ सरकारको सहयोगसमेत माग गर्दै गृह मन्त्रालयमा केही समयअघि पत्रसमेत पठाएका थिए।
लोकप्रिय समाचार