Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँको कागेश्वरिमा मनाइयो सहिद दिवस

Reporter

काठमाडौँको लोकतान्त्रिक सहिद वन उद्ध्यान कागेश्वरिमा सहिद सम्मान कार्यक्रम सम्पन्न भएको छ । माघ १६ गते सहिद दिवसको अवसर पारी नेकपा एमाले कागेश्वरी मनोहरा नगरपालिका वार्ड नम्बर एकको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । देश र जनताको संरक्षण र रक्षाको लागि आफ्नो ज्यानको बलि चढाएर परिवर्तनका खातिर सहित बन्नुभएका व्यक्तिहरूको सम्झनामा उक्त कार्यक्रम सप्पन्न भएको हो। उक्त कार्यक्रममा पार्टिका पोलिट्ब्युरो सदस्य दोय कृष्ण बहादुर राई र रामेश्वर फुयाल , प्रदेश कमिटी सदस्य विश्वराज श्रेष्ठ , प्रदेश विभाग प्रमुख सरोज धिमाल , जिल्ला कमिटी सदस्य उद्धव भण्डारी , मुकुन्द गजुरेल र कागेश्वरी नगरपालिकाकि उपप्रमुख शान्ता थापा लगाएका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको छ ।
कार्यक्रममा बोल्दै नेता रामेश्वर फुयालले सहिदहरु प्रती श्रद्धाञ्जली अर्पण गर्दै प्रतेक नागरिकहरुले सहिद भुल्न नहुने बताए । नेपालको पहिलो सहिद लखन थापाको सम्झना गर्दै नेपाल प्रजा परिषदको स्थापना कालपछि राणाको बिरोधमा तमोरमा ज्यान बलिदान गर्ने योगमायाका बारेमा समेत चर्चा गर्दै सम्मान व्यक्त गरे । २००७ सालको क्रान्ति ल्याउन बि:स १९९७ माघ १० गते देखि १५ गते सम्म राणाहरुको आक्रमण बाट ज्यान गुमाएका चार सहिद शुक्रराज शास्त्री , धर्मभक्त माथेमा , गंगालाल श्रेष्ठ र दशरथ चन्द तथा २०४६ सालको आन्दोलन ताका ज्यानको आहुती दिएका सहिद र २०६२/०६३ को जनआन्दोलन ताका ज्यान गुमाएका व्यक्तिहरुका प्रती सम्मान व्यक्त गरे ।
लोकतान्त्रिक सहिद पार्कमा भएको उक्त सहिद सम्मान कार्यक्रमा उक्त क्षेत्रबाट सहादत प्राप्त गर्ने अनिल लामाको सम्झाना गर्दै नेता फुयालले लामाका परिवारजनबाट उपस्थित व्यक्तिहरूको सम्मान गरे । यस्तै उनले लोकतान्त्रिक सहिद उद्ध्यानमा निर्मित आकर्षित कागलाई विश्वमा चिनाउनका लागि नगरपालिकाले सहयोग गर्नु पर्ने समेत बताए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथी कृष्ण बहादुर राइले सहिदहरुको सम्झना गर्दै आफूहरूले श्रम सिविर संचालन गर्दै आएको बताए । उनले झापामा मृत्यु वरण गरेका पाँच जना सहिदका बारेमा आफ्नो धारणा राखे । यस्तै सन्दर्भ परिवर्तन गर्दै पार्टीको उल्लेखनीय काम बाटै लोकतान्त्रिक सहिद उद्ध्यान सम्म सडक पुग्न सफल भएको स्मरण गरे । राईले सहिद कुनै व्यक्तिको मात्र नभएर समग्र देशकै हुने भन्दै सहिद सम्मान कार्यक्रम समग्र दलहरू र नगरपालिकाले बनाउनु पर्ने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको