Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

लगातार सेयर बजार घट्नेक्रममा

Reporter

साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । लगातार सेयर बजार घट्नेक्रममा मंगलबार पनि नेप्से परिसूचकमा १५.७४ अंकले ओरालो लागेर २१११.६३ विन्दुमा आएर रोकिएको छ । सोमबार नेप्से परिसूचकमा ४१.०१ अंकले ओरालो लागेको थियो । सोही दिन ३ अर्बभन्दा बढीको सेयर कारोबार थियो । 

मंगलबार ५७ कम्पनीमा उकालो लागेको छ भने १४८ कम्पनीमा ओरालो लागेको छ । साथै ११ कम्पनी स्थिर छ ।  २५९ कम्पनीको कारोबार भएको छ । ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ । यसैगरी २ अर्ब ८२ भन्दा बढी रुपैयाँको कारोबार भएको छ ।

रिडी हाइड्रो पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १९ करोड २० लाखबढी रुपैयाँको सेयर बिक्री भएको छ। लुम्बिनी जनरल बिमाको १४ करोड ३७ लाखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । कुल २०४ कम्पनीमा ओरालो लागेको छ भने जम्मा ९ कम्पनीमा उकालो लागेको छ । १३ उपसूचकहरु मध्ये हाईड्रोपावरबाहेकका सबै उपसूचक राताम्मै भएको छ । 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको