Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

रमेश डाँगी र लक्ष्मी राउत भए मिस्टर एण्ड मिस फ्रेसर नेपाल

admin

एक्सप्लोर इन्टरटेन्मेण्टको आयोजनामा सम्पन्न भएको मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८ सिजन वानमा रमेश डाँगी र लक्ष्मी राउत बिजेता बनेका छन । आफुलाई अन्य प्रतिस्प्रधी भन्दा फरक, बौद्धिक रुपमा अब्बल साबित गर्दै रमेश डाँगी र लक्ष्मी राउत २०१८ को अन्तिम छनौटमा अन्य प्रतिस्प्रधीहरुलाइ पछि पार्दै उपाधि जित्न सफल भएका थिए । त्यसैगरी मिस्टर तर्फ फर्स्ट रनरअप प्रदिप राइ र सेकेण्ड रनरअप अशेष डंगोल भएका छन् भने मिस तर्फ फर्स्ट रनरअप स्वेता यादब र सेकेन्ड रनरअपमा कृति महर्जनले उपाधि जित्न सफल भएका थिए ।

प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक सन्दिप श्रेष्ठले बताए ।

मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८ को अन्तिम प्रतिश्प्रधामा संचारकर्मी तथा कलाकार सुर्य चन्द, निर्माता तथा नायिका रोशनी केसी, समाजसेवी कृष्ण देबकोटा, निर्देशक प्रिती माया पुन तथा संचारकर्मी राजेन्द्र लुइटेल निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए ।

कोरियोग्राफर तथा नायक दिवस धितालले कोरियोग्राफ्री गरेको “मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८” सौन्दर्य प्रतियोगिता एक्सप्लोर इन्टरटेन्मेण्टले आयोजना गरेको हो र कार्यक्रम निर्देशकमा प्रहिल कार्की रहेका छन् । कोरियोग्राफर दिवस धितालका अनुसार यस पुरुष सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त भएका छन र भविष्यमा यस्ता कार्यक्रमले गर्दा युवाहरुलाई प्रोत्साहन मिल्ने आत्म बिश्वासका साथ् उनीहरुको भबिष्य निर्माणमा सहयोग पुग्ने कुरा उनी बताउछन । मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८ कार्यक्रमको संचालन भिजे तथा उद्घोषक प्रहिल कार्कीले गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको