Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

Reporter

नाबालिग जबर्जस्तीकरणी अभियोग लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा भएको छ ।

पोखरामा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय कार्यसमिति बैठकले सन्दीपमाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

क्यानका एक सदस्यले सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा भएसँगै खेलमा फर्किने बाटो खुलेको जानकारी दिए ।

एक नाबालिगलाई जबर्जस्तीकरण गरेको आरोपमा पक्राउ परेपछि सन्दीपलाई क्यानले खेलबाट निलम्बन गरेको थियो । तर, केही समयअघि उच्च अदालत पाटनले २० लाख धरौटीसँगै सर्तसहित सन्दीपलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको