Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

सुनको मूल्यमा नयाँ रेकर्ड

Reporter

बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन तोलामा १ हजार २ सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो।

आज छापावाल सुनको मुल्य प्रतितोला १ हजार २ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ७ हजार ५ सय रूपैयाँ कायम रहेको छ ।

यस्तै तेजावी सुनको मुल्य भने १ लाख ७ हजार रूपैयाँ पुगेको छ । बुधवार छापावाल सुनको कारोबार तोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा ‍भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। बुधवार चाँदी प्रतितोला एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको