Logo
27 Feb 2024    १५ फाल्गुन २०८०, मंगलवार

ताजा खबर

नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भजन शिरोमणी भक्तराज आचार्यको निधन राजेन्द्र महतोद्वारा लोसपा परित्याग

मलेसियाका गृहमन्त्री नेपाल आइपुगे

Reporter

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन्। उनी आज साँझ काठमाडौँ आइपुगेका हुन्।

भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन्।

भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ। भ्रमण सम्पन्न गरी उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको