Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

Reporter

नेपाल–भारत बीचको सम्बन्ध यो संसारकै सबै भन्दा अलौकिक र पुरानो सम्बन्ध हो । युगौयुगदेखिको सबैभन्दा मजबुत सम्बन्ध भनेको समाजिक, साँस्कृतिक, धार्मिक, भाषिक, रहन–सहन र बेटीरोटीको सम्बन्ध हो ।

यसलाई पटक पटक भनिरहनु पर्ने आवश्यकता नभए पनि वर्तमान समयमा सनातन बैदिक हिन्दु धर्मका भगवान पुरुषोत्म श्री रामको जन्मभूमि अयोध्यामा श्रीराम मन्दीर निर्माण कार्यको शुरुवात भएको र यस शुभ–कार्यमा हिन्दु धमावलम्बीहरुले भगवान् विष्णुको अवतारका रुपमा मानिने शिलावाट भगवान् रामको बालस्वरुपको मूर्ति बनाइने भएको तथा उक्त शिला नेपालको कालीगण्डकीवाट लगिएको हुनाले दुई देश बीचको सम्बन्धलाई पुनः नविकरण गरेको छ ।

त्रेतायुगमा माता जानकी र भगवान रामको विवाहले नेपाल–भारतबीचको सम्बन्धलाई प्रगाढ बनाएको थियो । छ करोड साल पुरानो शिला नेपालको कालीगण्डकीवाट ल्याइएको र जनकपुर हुँदै भारतको उत्तरप्रदेशको अयोध्या लैजाने व्रmममा वाटो स्वःस्फूर्त निस्केका श्रद्धालुहरुको उपस्थितिले नेपाल–भारत सम्बन्ध स्वतः मजबुत भएको र त्यसको महत्वलाई थप उचाईमा पुर्याएको छ ।

नेपाल–भारत बीचको सम्बन्ध धार्मिक मात्र नभई पारिवारिक, आर्थिक, सांस्कृतिक, पर्यटकीय लगायत कामदारहरुको आदान प्रदानका सम्बन्ध पनि पर्दछन् । तसर्थ यस दुई देश बीचको पवित्र सम्बन्धलाई अझ बजमुत बनाउन नेपाल–भारत खुला सिमा संवाद समुह निरन्तर प्रयत्नशील रहदै आएका छौ । नेपाल–भारत सम्बन्ध अजरअमर रहनेमा हामी विश्वस्त पनि रहेका छौ । यस अवसरमा हामी सुभेच्छा प्रकट गर्दछौं ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको