
मुम्वई । नेपाली अभिनेत्री नितु कोईराला भारतको मुम्बईमा भारतकै प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित भएका छिन्। भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिएको भारतीय प्रतिष्ठित व्यक्तित्व जसलाई बलिवुड अफ किङ्गको उपनामले चिनिन्छ उनको नामबाट स्थापना भएको दादा साहेब फाल्के अवार्डवाट अभिनेत्री कोईराला सम्मानित बनेकी हुन्।
विगत झण्डै डेढ दशकदेखि नेपाली चलचित्र, म्यूजिक भिडियो तथा विभिन्न टेलिसिरियलहरुमा अभिनय मार्फत उच्च योगदान दिए वापत अभिनेत्री इण्डियन टेलिभिजनको दादासाहेव फाल्के अवार्ड २०२३ वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ।
५ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहका वीचअभिनेत्री कोईरालालाई उक्त सम्मान प्रदान गरिएको हो। मुम्बई पुलीसका असिसेन्ट कमिश्नर पुलीस चिफ संजय पटेलले अभिनेत्री कोईरालालाई सम्मान प्रदान गरेका थिए । सोही समारोहमा भारतिय टेलिभिजनका चर्चित सेलिब्रेटीहरुलाई समेत उक्त अवार्ड प्रदान गरिएको थियो ।
यस अघि पनि थुप्रै भारतिय प्रतिष्ठित अवार्डहरुबाट सम्मानित भईसकेकी कोईराला भारतमा धेरै सम्मानित हुने नेपाली अभिनेत्रीमा पर्छिन ।