Logo
21 Feb 2024    ९ फाल्गुन २०८०, बुधबार

ताजा खबर

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो) सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु

वैदेशिक अनुदान ,लक्ष्य साढे ५५ अर्ब, प्राप्ती ५ अर्बमात्र

Reporter

सरकारले वार्षिक बजेट बनाउँदा वैदेशिक अनुदानको अंश उच्च राखे पनि त्यसअनुसार आउने गरेको छैन ।

चालू आर्थिक वर्षको बजेटमा ५५ अर्ब ४५ करोड रुपैयाँ अनुदान आउने भनिएको छ । तर, यो महिनाको ७ महिना बित्न लाग्दा अनुदान ४ अर्ब ८० करोड रुपैयाँमात्र आएको छ ।

यो लक्ष्यको ८.६५ प्रतिशतमात्रै हो । सरकारले अनुदान राखेको लक्ष्य र प्राप्तिको अवस्था यो वर्षमात्र होइन, पछिल्ला केही वर्षदेखि यस्तै छ । चालू आर्थिक वर्षमा राजस्व असुलीमा चुकेको सरकार वैदेशिक अनुदानको लक्ष्यमा पनि असफल भएको छ ।

यस्तै, सरकारले गत आर्थिक वर्षमा ५९ अर्ब ९९ करोड रुपैयाँ वैदेशिक अनुदान ल्याउने लक्ष्य राखेकामा १८ अर्ब २९ करोड रुपैयाँमात्र आएको थियो । कारोबार दैनिक


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको