Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

सरोज खनाल, सुनिल थापा स्टारर सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक

Reporter

काठमाडौं । जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक भएको छ । देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन :(ख.ब.पु)को मुख्य भूमिका रहेको ट्रेलरमा देखाइएको छ । २०७२ सालको विनासकारी भुईचालो पछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको प्रयासको कथा रहेको सिरिज चार सिजन गरी जम्मा ५२ एपिसोडको रहने र पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिनु भयो ।

 

प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको ‘लाल बहादुर, द स्पार्क ‘मा सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना , गीता थापा पराजुली, रामबाबु रेग्मी , अनिता गिरी , जेनिस अधिकारी ,रविन विष्ट, विश्व मुखिया लगायत कलाकारको अभिनय रहेको छ । नविन डाँगी निर्माण नियन्त्रक रहेको सिरिजमा ,नरेन्द्र लामा र स्वस्तिमा कार्कीको सह निर्देशन , प्रनुप थापाको संवाद , ईसिसि स्टुडियोको प्रोडक्सन, मदन न्यौपानेको श्रृङगार, बिबेक उप्रेतीको सम्पादन र संजिव सुब्बाको सगीत रहेको छ । फाल्गुन पहिलो हप्ताबाट साप्ताहिक रुपमा प्रसारणमा आउने यो सिरिज जी मिडिया कनेन्कसनको युट्युव च्यानल र एक टेलिभिजनबाट एकसाथ प्रसारण हुने निर्माण पक्षले जानकारी दिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको