Logo
04 Mar 2024    २१ फाल्गुन २०८०, सोमबार

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा फागुन २४ देखि २८ गतेसम्म चेम्बर एक्स्पो २०२४ आयोजना काठमाडौं महानगरकै क्यान्टिनमा बासी खाना, तिराइयो ५० हजार जरिवाना निताको स्वरमा ‘चुप चाप’ (भिडियो) नेपाल स्काउटको अन्तराष्ट्रिय आयुक्तमा देवराज घिमिरे दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

टर्की भूकम्पमा ज्यान गुमाउनेकाे सङ्ख्या ९ हजार नाघ्याे

Reporter

टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ९ हजार नाघेको छ ।

टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ९ सय ५७ रहेको छ । सिरियामा ज्यान गुमाउनेकाे सङ्ख्या पुष्टि गर्न गाह्राे भइरहेकाे छ तर सरकारी सञ्चारमाध्यमहरूले झन्डै २५ सय जनाकाे ज्यान गुमाएका उल्लेख गरेको बीबीसीले जनाएकाे छ ।

सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताइरहेका छन् । ज्यान गुमाउनेकाे सङ्ख्या अझै बढ्न सक्ने बताइएकाे छ ।

उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न देशले सहयोगी टोली परिचालन गरेका छन् । टर्कीका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित ठाउँमा परिचालन भएका बताएका छन् । झन्डै छ हजार भवन भत्केकाले सबै ठाउँमा सहायता परिचालन गर्न कठिन भएको छ । सोमवार र मङ्गलवार कठ्याङ्ग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रूत गतिमा सम्पादन गर्न हम्मेहम्मे परेको थियो ।

युरोपेली सङ्घ, सङ्घमा आबद्ध १३ देशले राहत सामग्रीसहितको उद्धार टोली परिचालन गरेका छन् । मङ्गवार टर्की र सिरियाका भूकम्प पीडितका लागि चीन, भारत, जापान, फिलिपिन्स, अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशले आर्थिक एवम् भौतिक सहयोगको घोषणा गरेका थिए ।

टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७ दशमलव८ म्याग्निच्युड र त्यसकाे केही घण्टापछि ७ दशमलव ५ म्याग्निच्युडकाे भूकम्प गएकाे थियाे ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले देशकाे दक्षिण क्षेत्रका १० वटा प्रान्तमा सङ्कटकाल घाेषणा गर्नुभएकाे छ । याे सङ्कटकाल तीन महिनाका लागि हाे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको