Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

देउवा विरुद्दको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

Reporter

नेपाली कांग्रेसलाई संसद्को प्रमुख प्रतिपक्षी दल नबनाउन भन्दै सर्वोच्चमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको भन्दै अधिवक्ता विमल पोखरेलले संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिन नहुने माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

सुनुवाइका लागि बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको उक्त रिटमा सर्वोच्चले संघीय संसद् सचिवालयसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यता दिनुको कारण सोधेको हो । साथै, अन्तरिम आदेशका लागि दुवै पक्षलाई झिकाउने निर्णयसमेत भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको