Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

अभिनेत्री नितु कोईराला मुम्बईमा ‘विज ग्ल्याम अवार्ड’बाट सम्मानित

Reporter

मुम्वई । नेपाली अभिनेत्री नितु कोईराला भारतको मुम्बईमा विज ग्ल्यामअवार्डबाट सम्मानित भएका छिन्। भारतिय लोकप्रिय अभिनेत्री अमिषा पटेलको हातबाट उनले उक्त अवार्डको दोश्रो संस्करण हात पार्न सफल भएकी हुन ।
केहि समय अघि मात्रै मुम्बईमा नै भारतकै प्रतिष्ठित अवार्ड दादा साहेब फाल्के टेलिभिजन अवार्डबाट सम्मानित भएकी कोईराला भारतमा नेपाली अभिनेत्रीको रुपमा चर्चा कमाईरहेकी छिन ।

विगत झण्डै डेढ दशकदेखि नेपाली चलचित्र, म्यूजिक भिडियो तथा विभिन्न टेलिसिरियलहरुमा अभिनय मार्फत उच्च योगदान दिए वापत अभिनेत्री कोईरालालाई उक्त अवार्डबाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ।

यस अघि पनि थुप्रै भारतिय प्रतिष्ठित अवार्डहरुबाट सम्मानित भईसकेकी कोईराला भारतमा धेरै सम्मानित हुने नेपाली अभिनेत्रीमा पर्छिन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको