Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

एस के ईन्टरटेनमेन्ट तथा पेजेन्ट नेपालले भाद्र २३ मा भव्य तिज कार्यक्रम गर्दै

admin

काठमाडौँ, २९ साउन । विगत लामो समयदेखी राजधानीमा सौन्दर्य तथा शिक्षा सम्बद्द प्रतियोगिता संचालन गर्दै आएका एस के इनटरटेन्मेण्ट र पिजेण्ट नेपालको आयोजनामा मिस/मिसेज तीज २०७५ (सौन्दर्य प्रतियोगिता) हुने भएको छ ।

महाराजगन्ज स्थित  रोयल भेन्युमा भदौ २३ गत्ते महिलाहरुको विशेष पर्व तीज लक्षित गरि गर्न लागिएको यस सौन्दर्य प्रतिस्पर्धामा प्रतिस्पर्धीको प्रस्तिती पश्चात डिजे,नृत्य ,कमेडी तथा ख्यातिप्राप्त कलाकारहरु आनन्द कार्की,यमबराल लगायतको लाइभ प्रस्तुति रहने छ! साथमा अनलिमिटेड स्न्याक्स र डिनरको पनि व्यबस्था रहेको छ। प्रतियोगितामा १६ वर्षदेखि माथिका अविवाहित तथा विवाहित महिलाहरुले सहभागिता जनाउन सक्ने छन् । आवेदन फाराम एस के इनटरटेन्मेण्ट तथा पिजेण्ट नेपालको कार्यालयवाट प्राप्त गर्न सकिने छ । प्रतियोगितामा प्रतिस्पर्धीहरुलाई व्यक्तित्व विकास, फेसन शो,सौन्दर्यलगायत विभिन्न तालिम दिइने एस के इन्टरटेनमेण्टका अध्यक्ष शान्ता तामाङले बताउनुभयो ।

कार्यक्रमको निर्णायकको रुपमा वरिष्ठ महिला अधिकारकर्मीहरु तथा सौन्दर्य क्षेत्रमा प्रतिष्ठित ब्याक्तित्वहरु रहनुहुनेछ। विजयी प्रतिस्पर्धीले दुवाईमा हुन गई रहेको एक कार्यक्रममा भाग लिन पाउने छन साथै राष्ट्रियस्तरका कलाकार र प्रतिष्ठित व्यक्तिबीच सम्मान लगायत विभिन्न आकर्षक उपहार प्रदान गरिने जसमा बेस्ट ड्रेस,बेस्ट ट्यालेन्ट,बेस्ट क्याटवाक,बेस्ट पर्सनालिटी,बेस्ट फोटोजेनिक,बेस्ट पपुलर,बेस्ट कपल र बेस्ट भिवर्स चोइसको उपाधी समेत प्रदान गरिने पिजेण्ट नेपालको अध्यक्ष ममता बस्नेतले जानकारी गराउनु भयो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको