Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

स्वास्थ्य बीमा हटेपछि बिरामीलाई सास्ती

Reporter

नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु झापाको दमकस्थित आम्दा अस्पतालबाट हटाइपछि बिरामीलाई बीमाको सेवा पाउन सास्ती भएको छ ।

आम्दा अस्पतालबाट दुई वर्षअघि प्रथम बिन्दु हटाइएपनि बिरामी आउने क्रम रोकिएको छैन । अहिले पनि बिरामीहरू प्रथम बिन्दुको रूपमा नै कायम रहेको ठानेर उपचारका लागि अस्पताल आउने गरेका हुन् । पहिलो बिन्दुबाट सिफारिश अनिवार्य गरेपछि बिरामी अप्ठेरोमा पर्ने गरेका छन् । आम्दा अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष नगरपालिकाका प्रमुख हुने व्यवस्था छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा प्रकाश शर्माले सिफारिश भएर आएका बिरामीलाई मात्र उपचार गरेको बताए । उनले भने, “आपत्कालीन उपचार र अन्यत्रबाट रेफर भएर आएका बिरामीलाई भने सेवा दिइरहेका छौँ ।”

प्रथम बिन्दुका रूपमा आफूहरूले सुरुवातदेखि नै सेवा दिए पनि अचानक सरकारले प्रथम बिन्दुबाट हटाएको उनको भनाइ छ । पछिल्लो समयमा सम्बन्धित निकायले प्रथम बिन्दुका रूपमा मान्यता दिने बारम्बार बताए पनि अहिलेसम्म नपाएको उनले जनाए । गोरखापत्र दैनिक


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको