Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

एटिएम फुटाएको आरोपमा २ जना पक्राउ

Reporter

मंगलबार राती सवा १२ बजे रामबजारमा रहेको एनआइसी एसिया बैंकको एटिएम फुटाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर गाईघाट घर भई पोखरा १७ छोरेपाटन बस्ने २१ वर्षका सुशील चाम्लिङ राई र लमजुङ मर्स्याङदी गाउँपालिका घर भई छोरेपाटन नै बस्दै आएका २१ वर्षीय लुबहादुर गुरुङ छन् । उनीहरूले एकैरात ३ वटा एटिएम मेसिन फुटाएको प्रहरीले जनाएको छ ।

मंगलबार राती साढे १ बजे पोखरा १५ वन क्याम्पस गेटमा रहेको नेपाल बैंक लिमिटेडको एटिएम र सोही ४ बजे रामबजार पेन्सन क्याम्प नजिकको सांग्रिला विकास बैंकको एटिएम फोड्नका लागि तोडफोड गरेका थिए । उनीहरूले तोडफोडसँगै कागजले सिसिटिभी क्यामेरा छोप्ने गरेको सूचना पाएपछि कास्की प्रहरीले राती नै उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई चोरी मुद्दामा कास्की अदालतबाट १० दिनको म्याद थपी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको