Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको नारा सार्वजनिक

Reporter

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका लागि राष्ट्रिय नारा ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ सार्वजनिक गरेको छ ।

मन्त्रालयका प्रवक्ता यमलाल भुषालले सो नारा सार्वजनिक गरिएको जानकारी आज दिएका हुन् ।

राष्ट्रिय नाराका सन्दर्भमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्र्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाउन थालिएको मन्त्रालयका उपसचिव ममता विष्टले बताए ।

उक्त दिवस साझा अभियानका रूपमा सङ्घीय सरकारका सबै निकाय, सातै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, ७७ जिल्ला समन्वय समिति, सात सय ५३ स्थानीय तह एवं वडा, नागरिक समाज, सामाजिक शैक्षिक तथा निजी सङ्घ संस्था तथा सबै सरोकारवाला निकायलाई दिवस भव्य, सभ्य र व्यवस्थितरूपले मनाउन मन्त्रालयले आह्वान गरेको छ ।

‘डिजिटल स् लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि’ भन्ने अन्तर्राष्ट्रिय नारासहित यही मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस साझा अभियानका रूपमा मनाइने भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको