Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

घुस खान पाइने निकायमा जानकै लागि ‘सोर्सफोर्स’

Reporter

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग गर्न आउनेहरूमध्ये अधिकांश कर्मचारीले अहिले पनि घुस खान पाइने निकायमा जानकै लागि ‘सोर्सफोर्स’ लगाउने गरेका पाइएको छ ।

ती कर्मचारीले आर्थिक तथा अन्य प्रलोभनमा पारेर उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वबाटै सोर्सफोर्स लगाउने गरेका मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

विभिन्न आकर्षक निकायमा सरुवा माग्नेहरूको क्रम केही समययता बढिरहेको छ । जनस्तरमा केही सरकारी कार्यालय ‘घुस्याहा’ कार्यालयका रूपमा चिनिन्छन्, जहा घूस नदिई जनताका कुनै काम हुँदैन । ती कार्यालयमा जान कर्मचारीहरू मरिहत्ते गर्ने गरेको मन्त्रालयका अधिकारीहरूको अनुभव छ ।

मन्त्रालयका अधिकारीहरूका अनुसार घुस्याहा र आकर्षक कार्यालयका रूपमा वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, नापी कार्यालय, श्रम कार्यालय, राजस्व कार्यालय, सडक तथा डिभिजन कार्यालय, कर कार्यालय, सुगम र बढी बजेट भएका स्थानीय तहहरू, कम्पनी रजिस्ट्रार कार्यालयहरू, भौैतिक तथा पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालयहरू र केही जिल्ला प्रशासन कार्यालय छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मनग्यै रूपमा अतिरिक्त कमाइ हुने र कमिसन पनि राम्रै हातपर्ने भएकाले ती कार्यालयमा जान कर्मचारीको तँछाडमछाड हुनेक्रममा कमी आएको छैन । त्यस्ता कर्मचारी नेतादेखि उच्च प्रशासकसम्ममा नै सेटिङ मिलाउनसमेत खप्पिस रहेका अधिकारीहरूको दाबी छ ।

यस कार्यमा कर्मचारी र कर्मचारीका केही नेतासमेत संलग्न हुने गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार आसेपासे तथा केही उच्चपदस्थ प्रशासकहरूको नाम भजाएर बिचौलिया बनेकाहरू सरुवाको सूची लिएर सिंहदरबार धाउने गरेका छन् ।

कतिपय कर्मचारीले त दैनिक रूपमै १० देखि ३० हजारसम्म अतिरिक्त कमाइ गर्ने गरेको राष्ट्रिय सतर्कता केन्द्रकै अध्ययनले देखाएको छ । राजधानी दैनिक


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको