Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

चिकित्सकले लापरबाही गरेको आरोप

Reporter

नक्सालस्थित हिमाल अस्पताल र चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको विषयमा मृतकका आफन्तले आन्दोलन गरिरहेका छन् । हिमाल अस्पताल प्रशासन र बिरामी पक्षबीच भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएपछि बिरामीका आफन्तले अस्पतालमा आन्दोलन गरेका हुन् ।

चिकित्सकको लापरबाहीले अस्पतालमा बालिकाको मृत्यु भएको आन्दोलनकारीले आरोप लगाएका छन् । मोरङका गङ्गा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंसाको उपचारको क्रममा चिकित्सकले लापरबाही गरेपछि मृत्यु भएको आरोप लगाउनुभयो । उपचारका क्रममा बालिकाको मृत्युपछि मङ्गलबारदेखि हिमाल अस्पतालमा भइरहेको धर्ना दुई दिनका लागि स्थगित भई शनिबार वार्ता भएको थियो ।

हिमाल अस्पतालका मेडिकल डाइरेक्टर डा. नवीन सुब्बाले बालिकाको मृत्यु अस्पताल र चिकित्सकको लापरबाहीले नभएको दाबी गर्नुभयो । गोरखापत्रसँग कुरा गर्दै उहाँले बिरामीका आफन्तले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिइसकेकोले काउन्सिलले छानबिन गरेपछि मात्र के भएको भन्ने प्रस्ट जानकारी हुने बताउनुभयो । “हाम्रो बटमलाइन भनेकै काउन्सिलको छानबिन प्रतिवेदन हो,” डा. सुब्बाले भन्नुभयो, “काउन्सिलले छानबिन नगरी वार्ता गर्नुको कुनै औचित्य छैन ।”

मृतक बालिकाको आफन्तका तर्फबाट पाँच जना, अस्पताल प्रशासन, उपचारमा संलग्न चिकित्सक र सञ्चारकर्मीसहितको उपस्थितिमा वार्ता भएको थियो । आन्दोलनकारीले अस्पताल तोडफोड गरेको, चिकित्सकमाथि हातपात गर्न खोजेको आरोप डा. सुब्बाले लगाउनुभयो । अन्तिम अवस्थामा बिरामी नबाँच्ने भएपछि हिमाल अस्पतालबाट महाराजगञ्जस्थित मेट्रो अस्पताल पु-याएका थिए । त्यहाँ पु-याएको दुई घण्टा पनि नबित्दै प्रशंसाको मृत्यु भएको थियो ।

हिमाल अस्पतालका चिकित्सक डा. जय यादवकै लापरबाहीका कारण छोरीको ज्यान गएको पीडित गौतमको बुझाइ छ । उहाँले आफ्नी छोरीलाई सामान्य रुघाखोकी लागेपछि माघ २३ गते पु-याएको र उपचारमा संलग्न चिकित्सक डा. यादवले सामान्य परीक्षणसमेत नगराई औषधि चलाएको आरोप लगाउनुभयो । अस्पताल प्रशासनले बिरामीको कुरा नसुनेको बताउँदै उहाँले अस्पतालले जिम्मेवारी नलिएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।

उहाँले मेडिकल काउन्सिलका प्रतिनिधि पनि अस्पताल प्रशासनसँग मिलेको आरोप लगाउनुभयो । रुघाखोकी र ज्वरो आएको नानीलाई अस्पतालले सामान्य परीक्षणसमेत नगराई औषधि दिएका कारण मृत्यु भएको उहाँको भनाइ छ ।

गौतमले हिमाल अस्पतालमा छोरी प्रशंसाको परीक्षण गराउँदा पाँचौँ दिन एक्सरे गर्दा फोक्सोको ६० प्रतिशत भागमा पानी जमेको पाइएपछि चिकित्सक यादवले पीआईसीयू नभएको भन्दै कान्ति बाल अस्पतालमा रिफर गरेको बताउनुभयो । रिफर गरिएको चिठीमा चिकित्सक यादवले आफ्नो हस्ताक्षर नगरेको उहाँको भनाइ छ ।  –  gorakhapatraonline


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको