Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

अब मुलुकको राजनीति के हुन्छ ?

Reporter

-डा.डिआर उपाध्याय,
काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिएको छ । र उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । राष्ट्रपतिको चुनावको बिषयलाई लिएर एमालेले यस्तो निर्णय लिन बाध्य भएको हो । अब मुलुकको राजनीति के हुन्छ ? प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति नेपाली काँग्रेसलाई दिने पक्का भए पछि एमाले सरकारबाट बिच्किएको हो । १० पुसमा एमाले र दाहाल बीच भएको भद्र सहमती कार्यान्वयन हुन नसकेको र दाहालले बीचमा धोका दिएको एमालेको आरोप छ । पुष्पकमल दाहाल अस्थिर स्वभावका ब्यक्ति हुन भन्ने कुरा त बेला बेलामा उठने गर्छ नी । प्रचण्डले एमालेलाई बीचमा धोका दिन्छन भन्ने मलाई लागेको थियो त्यही भयो ।

राष्टिय सहमती कायम गर्ने भन्दै प्रचण्डले नेपाली काँग्रेसलाई राष्ट्रपति बनाउन काँध थापेर बसेका छन । राष्ट्रपतिको चुनावको लागी नेपाली काँग्रेसको तर्फबाट बरिष्ठ नेता राम चन्द्र पौडेल र एमालेका तर्फबाट सुबास चन्द्र नेवांग भिडदै छन । राजनीतिक दलहरु आफनो स्वार्थ पुरा हुने भयो भने मिल्छन जव स्वार्थ पुरा हुने नदेखे पछि फुटछन् । यस्तो गलत सस्कार र परिपार्टीले नेपालको राजनीति फोहोरी बनेको छ । फोहोरी राजनीतिले मुलुकलाई निकास दिन सक्दैन भन्ने कुरा त सबैलाई थाहा छ । यति हुदा हुदै पनि राजनीति दलहरु सुर्धन कोसिस गदैनन् । अब मुलुक राजनीति अस्थिरता तर्फ गयो । आलो पालो सरकारमा जाने र सरकार भत्कने खेल बाहेक यो पाँच बर्ष भित्र अरु नहुने संकेत देखियो । मुलुकलाई बर्वाद गर्न दलहरु तम्सिएका छन । यो गलत बाटो बाट दलहरु सहि ठाउँमा उभिनु पर्छ ।

एमालेले देशलाई स्थिर र बिकासको बाटोमा लान खोजेको हो भने सरकार बाट बाहिरिनु हुदैनथ्यो । यो गलत काम गरेको छ । देश र जनताको भबिश्य प्रति खेलवाड गर्ने काम कुनै दलहरुले गर्नु हुदैन ।नेकपा माओवादीले त बेला बेलामा कहिले काँग्रेसलाई कहिले एमालेलाई धोका दिदै आएकोे छ । यो पार्टी त्यही भएर जनताको नजरमा गिर्दै गएको छ । यसको पक्षमा जनमत घटदै छ, बढ्दो छैन । राजनीतिमा इमान हुनु पर्छ । माओवादीमा इमान भन्ने देखिएन । राष्ट्रपतीय निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने भन्दै प्रचण्डले एका एक एमालेलाई धोका दिएको कुरा चर्चामा छ ।

प्रचण्डले सुरुमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री) गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउँछु भन्ने सहमतिबाट आफैं भागेका थिए । त्यतिबेलाको सन्दर्भले अहिले पनि झस्काउँछ । कामरेड प्रचण्ड (नेकपा माओवादीका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डर्) वचनको पक्का छैनन् । कोही भर नपरे हुन्छ । सहमतिविपरीत गिरिजाबाबुलाई राष्ट्रपतिमा सहयोग नगरी रामराजाप्रसादसिंहलाइ उठाएका थिए ।आखिर गिरिजाबाबुलाई पन्छाउन खोज्दा र गिरिजाबाबुकै उम्मेदवार डा. रामवरण यादवले राष्ट्रपति जित्नु परेको थियो । उनले आफैंले गरेको सहमतिविपरीत जुन कदम चालेका थिए, त्यो कदम र अहिले बालकोटमा गरेको सहमतिमा पनि कामरेडको ठ्याक्कै त्यस्तै प्रवृत्ति र भय दोहोरिएको देखिन्छ। आज उनी अहिले केपी ओलीसँग गरेको सहमतिबाट पछि हटेका छन ।

यता नेकपा एमालेले पनि राष्ट्रपतिको उम्मेदवार उठाउँदा पार्टीको आवश्यक बहुमत नभएको यो परिस्थितिमा केही कुरामा विचार गर्नै पर्ने देखिन्छ। सबै भन्दा ठूलो कुरा देश र जनता हुन । देश र जनताको भबिश्यलाई अन्धकारमा धकेलेर सत्ता स्वार्थको राजनीति गर्नु ठूलो बेइमानी हो । जनताले यो कुरा पटक्कै मन पराएका छैनन् । आम जनताले के चाहेका छन भने सबै राजनीतिक दलहरु मिलुन र देशको भबिश्य बनाउन् भन्ने छ । तर राजनीतिक दलहरु र तिनका नेताहरु खाली बेइमानको राजनीति मात्र गरिरहेका छन । यसरी मुलुकको भबिश्य बनाउन सकिदैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको