Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

होलीमा अन्तर्राष्ट्रिय रेस्लिङ हुने

Reporter

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त सोमबार हुने भएको छ । होलीको पावन अवसरमा हुन लागेको रेस्लिङ भक्तपुरको सल्लाघारीमा हुनेछ ।

भारतबाट अमित दलाल, दिव्या आले र अभिराज सिंह, पाकिस्तानबाट कोभु ब्रान्डम, मोहम्मद बिलाल खान, तलहल अलि खान, अफ्रीदी मुहम्मद उसाम खान र मुस्ताफा अलि खान तथा अमेरिकबाट रिकार्डेज भिल्लानुभा  (सादिका) रिङमा उत्रने छन् ।

विभिन्न ५ स्पर्धामा भिडन्त हुनेछ । २०७१ सालमा स्थापना भएको फाउन्डेसनले पहिलोपटक भक्तपुरमा अन्तर्राष्ट्रिय रेस्लिङ आयोजना गर्न लागेको अध्यक्ष भगवतीले जनाएकी छन् । भरत विसुराल (हिमालयन टाइगर) ले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको