
ईजिप्ट । युवा समाजसेवी अनिल नगरकोटी ईजिप्टमा सम्मानित भएका छन । ईजिप्टको राजधानी कायरोस्थित होटल स्विस ईन नाईलमा सम्पन्न भव्य समारोहमा नगरकोटीलाई युवा समाजसेवीको रुपमा ईजिप्टका लागि नेपाली राजदूत सुशिल के लम्सालले उक्त सम्मान प्रदान गरेका हुन । आयोजकका अनुसार सानै उमेरदेखि सामजिक क्षेत्रमा क्रियाशिल रहदै समाज र टोलमा समाज सेवामा समर्पित रहदै आएका कारण उनलाई नेपालभरबाट उक्त सम्मानका लागि छनौट गरि उनको हौसला र उर्जा यथावत राखी थप यस क्षेत्रमा थप क्रियाशिलताका लागि सम्मानका लागि छनौट गरिएको थियो ।
यस अघि अजरवैजानको बाकु लगायत राष्ट्रिय स्तरका विभिन्न समारोहमा सम्मानित भैसकेका नगरकोटी विभिन्न संघ संस्थामा आवद्ध छन ।
जहरसिंहपौवा स्थायी बसोवास भएका नगरकोटी उक्त क्षेत्रमा समाजसेवा मार्फत अलग्गै पहिचान बनाएका छन । विद्यालयमा होस वा टोल समाजमा हुने सामाजिक कार्यमा उनी सधैं अग्रसर हुने गर्छन । राष्ट्रपत्र डटकमका प्रमुख समेत रहेका संचारकर्मी नगरकोटी सफल व्यबसायीको रुपमा समेत परिचय बनाएका छन ।