Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

७४ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

admin

जिल्ला प्रहरी कार्यालय गुल्मीले वैदेशिक रोजगारीमा पठाउने नाममा ७४ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

रेसुङ्गा नगरपालिका १० सिमिचौरका ४८ वर्षीय घनश्याम अर्याललाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी रोशन खड्काले जानकारी दिए ।

ठगी मुद्दामा अर्याललाई जिल्ला अदालत काठमाडौंले २०७४ फागुन ११ गते दुई वर्ष कैैद र सात ७४ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो । दीपक न्यौपाने भन्ने व्यक्ति लगायतका ब्यक्तिहरुले आफूहरु अर्यालबाट ठगिएको भन्दै अदालतमा मुद्दा दिएको खड्काको भनाई छ ।

पक्राउ परेका अर्याललाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौ पठाएको गुल्मी प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको