Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

अमेरिकी रेस्लरलाई हराईन भगवतीले,जुरेलीले भारतियलाई

Reporter

नेपाली रेस्लर भगवती खड्का (युनिका)ले सोमबार भएको अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् ।

भक्तपुरको सल्लाघारीमा भएको रोमाञ्चक भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई पराजित गरेकी हुन् । होलीको अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहलाई हराइन् ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित रेस्लिङमा नेपाल ब्रोले पाकिस्तानका शेर खानमाथि जीत हात पारे । रिङसम्म पुग्न नेपाल ब्रोले कार तथा शेर खानले मोटरसाइकल प्रयोग गरेका थिए । नेपालका सिन्धुपाल्चोक टाइगरले पाकिस्तानका अली खानलाई पाखा लगाए ।

जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । नेपालसहित भारत, पाकिस्तान र अमेरिकाका रेस्लर सहभागी प्रतियोगितामा स्कोरपियाको नामले चिनिने नेपाली रेस्लर हिक्मत थपलियाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।  वि.सं २०७१ सालमा स्थापना भएको फाउन्डेसनले पहिलोपटक भक्तपुरमा अन्तर्राष्ट्रिय रेस्लिङ आयोजना गरेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको