Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

बलिउड डान्सर अभिजित शिन्देले गरे आत्महत्या

admin

रणबीर सिंह, रणबीर कपुर र अजय देवगनजस्ता बलिउड कलाकारसँग काम गरेका डान्सर अभिजित शिन्देले आत्महत्या गरेका छन् । उनी बिहिबार मुम्बईस्थित आफ्नो घरमा बिहान साढे ६ बजे पंखामा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

मुम्बई मिररको रिपोर्ट अनुसार छिमेकीले अभिजितको घरको ढोका खुल्ला देखेपछि भित्र जाँदा उनको शवलाई पंखामा झुण्डिरहेको पाएपछि पुलिसको सहयोगमा अस्पताल पुर्याइयो । जहाँ डाक्टरले ३२ वर्षे उनलाई मृत घोषित गरे ।

पुलिसले घटनास्थलबाट एउटा सुसाइड नोट पनि बरामद गरेको छ जसमा अभिजितले यस्तो कदम उठाउनुको कारण बताएका छन् । सुसाइड नोटमा लेखिएको छ, ‘म आफ्नो बैंक अकाउन्ट छोरीको नाममा गर्दैछु । श्रीमतीले छोडेदेखि म डिप्रेशनमा थिएँ । विगत तीन महिनादेखि छोरीलाई भेटेको छैन ।’

पुलिस अधिकारीका अनुसार अभिजित शिन्देकी श्रीमती तीन महिनादेखि आफ्नी आमासँग बसिरहेकी छिन् । अभिजितकी श्रीमतीले उनलाई छोरीसँग भेट्न अनुमती नदिएपछि उनी निकै तनावमा थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको