Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

ईजिप्टमा ‘उत्कृष्ट प्रोफेसनल हेल्थ वर्कर’को अवार्ड शर्मालाई

Reporter

ईजिप्ट ।  स्वास्थ्य क्षेत्रमा संलग्न व्यवसायी तथा समाजसेवी अनिल कुमार शर्मा ग्लोवल ईन्टरनेशनल अवार्डबाट सम्मानित भएका छन् ।

वल्र्डवाईड मिडिया नेटकर्वकको आयोजनामा ईजिप्टको राजधानी कायरोस्थित होटल स्विस ईन नाईलमा सम्पन्न भव्य समारोहमा शर्मालाई स्वास्थ्य व्यबसायीको रुपमा ईजिप्टका लागि नेपाली राजदूत सुशिल के. लम्सालले उक्त सम्मान प्रदान गरेका हुन् ।

दाँतकाे उपचारकाे क्षेत्रमा ॐ चावहिल डेन्टल हस्पिटल सञ्चालन गरेर सेवा प्रदान गरिरहेका शर्मा विभिन्न सामाजिक संघसंस्थामासमेत आवद्ध छन् । साथै ॐ चावहिल डेन्टल हस्पिटलमार्फत विभिन्न स्थानीय तहमा पुगेर निशुल्क दन्त शिविर सञ्चालन गरेर सेवा प्रदान गर्दै आइरहेका छन् । उनी ॐ चावहिल डेन्टल हस्पिटलका निर्देशक हुन् । हस्पिटलले चाबहिल, काेटेश्वर, कपनशाखाबाट सेवा दिँदै आइरहेकाे छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको