Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

मालिङ्गालाई एक वर्षका लागि प्रतिबन्ध

admin

श्रीलंकाली तीब्र बलर लासिथ मालिङ्गालाई एक वर्षका लागि प्रतिबन्ध लगाइएको छ। आफ्नो देशका खेलमन्त्रीलाई ‘बादर’ सँग तुलना गरेका मालिङ्गालाई अनुसाशन तोडेको आरोपमा प्रतिबन्ध लगाइएको हो।

यसअघि तीन सदस्यीय छानबिन कमिटीले उनलाई सम्झौताको उल्लङ्घन गरेको र खेलमन्त्रीविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा दोषी ठहर गरेको थियो। उनीमाथि लागेको एक वर्ष प्रतिबन्ध हालका लागि ६ महिना कायम रहने बताइएको छ।

तर, उनले पारिश्रमिकको ५० प्रतिशत रकम दण्डवापत तिर्नु पर्नेछ। उनले यस अवधिमा थप नियम उल्लङ्घन गरेको पाइएमा पुरै एक वर्ष दण्ड खेप्नु पर्नेछ। मलिङ्गाले छानबिन कमिटीसमक्ष आफ्नो गल्ती स्विकार गरेपछि एक वर्षको स्थानमा सुरुमा ६ महिनाका लागि लागु गर्ने निर्णय गरिएको थियो। जिम्बाबे शृंखलाका लागि उनको प्रतिबन्ध लागू हुने छैन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको