Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

रासायनिक मलमा अनुदान घटाउँदै सरकार

Reporter

सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान घटाउने भएको छ । औसतमा ७५ प्रतिशतको अनुदानलाई ५० प्रतिशतमा झार्न लागिएको हो ।

अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई पटक-पटक ताकेता गरेर रासायनिक मलमा अनुदान घटाउन भनेको हो । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढ्दै जाँदा सरकारका दायित्व पनि बढेको भन्दै ५० प्रतिशतमा झार्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।

‘मूल्य महँगो पर्दा सरकारको दायित्व बढेको बढेयै भयो । मल पनि समयमै ल्याउन सकेको छैन । जनता र सरकारको ५०/५० प्रतिशत रकम मलमा पर्दा दुबै पक्षलाई मार नहुने देखेर अनुदान घटाउन भनेका छौं’, अर्थ स्रोतले भन्यो ।

उनका अनुसार यो विषय प्रत्यक्ष जनतासँग जोडिएकाले नेताहरुले ज्यादा राजनीतिकरण गर्छन् । लागत बढ्दै जाँदा मल आपूर्तिमा सरकारी लगानी थेग्नै नसक्ने अवस्थामा पुगेको उनको दाबी छ ।

लागत बढेपछि किसानलाई पनि त्यसको हिस्सेदार बनाउने गरी अनुदान कटौती गर्नेबारे छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि जनाएको छ । मलको मूल्य तोक्न कृषि विकासतर्फका सचिवको संयोजकत्वमा मल संयन्त्र उच्चस्तरीय समिति बनेको छ । सोही समितिले यसबारे निर्णय गर्नेछ । सरकारले विगत सात वर्षमा मलमा १ खर्ब बढी अनुदान दिएको कृषि मन्त्रालयको तथ्यांक छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको