Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

नेपाल नामिबियाभन्दा माथि उक्लियो

Reporter

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गरेको हो ।

योसँगै नेपालले नामिबियालाई पछि पार्दै १६ औं स्थानमा उक्लिएको छ । नेपाल यसअघि १७ औं स्थानमा थियो । नेपालभन्दा पछि नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् ।

नेपाल भन्दाअघि ओमान १५ औं, नेदरल्यान्ड्स १४ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छ । भारत शीर्ष, अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।

घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगको लिग-२ खेल्नुअघि १९ औं स्थानमा रहेको नेपालले त्यसपछिका ११ खेलमा १० जित निकाल्दै आफूलाई तीन स्थान सुधार गरेको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको