Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

राप्रपाले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

Reporter

राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो ।

चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुँदैछ । सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिका लागि उम्मेदवार छन् ।

राप्रपाले राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको थियो । साथै राप्रपाले मलमा सरकारले अनुदान रकम घटाएकोमा विरोध गरेको छ ।

‘रासायनिक मल सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक साताभित्र प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरूले उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वभाविक रूपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न राप्रपाले सरकारसँग माग गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको