Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

नेपाल आइसिसी विश्वकप छनोटमा

Reporter

नेपाल सिधै विश्वकप छनोटमा पुगेको छ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनौटमा पुगेको हो ।

खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा युएईलाई ९ रनले हराउँदै नेपाल सोझै विश्वकप छनोटमा पुगेको हो।

जितसँगै नेपालले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैं स्थान बनाएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा घोषणा गरिएको थियो।

खेल रोकिनु अघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो। नेपालको जितमा गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा रहे।

दीपेन्द्र १० रनमा अविजित रहे। भीम सार्की ६७ रनमा आउट भए। कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए। आरिफ शेख ६२ बलमा २ चौकासहित ५२ रनमा क्याच आउट भए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो। युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले।

विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र ४ चौकासहित अविजित १ सय १ रन बनाए।

यस्तै भ्रित्य अरबिन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रनको अर्धशतकीय इनिङ खेले। नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए। ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले १\१ लिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको