Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

अञ्जु पन्त र रमेश पाठकको ‘सातै सुरमा’सार्वजनिक(भिडियो)

Reporter

गायिका अञ्जु पन्त र गायक रमेश पाठकको स्वरमा रहेको आधुनिक युगल गीत ‘सातै सुरमा’ को भिडिओ सार्वजनिक भएको छ । भिडिओ आज साँझ अनामनगरस्थित वेभ स्टुडियोमा गायक पाठककै अफिसियल युट्युब च्यानल Ramesh Pathak Official मार्फत सार्वजनिक गरिएको हो । लोक राईको शब्दरचना, हरि लम्सालको सङ्गीत, गोपाल रसाईलीको सङ्गीत संयोजन र श्यामश्वेत रसाईलीको मिक्सिङ र माष्टरिङ रहेको गीत प्रेमी जोडीको एक अर्काप्रतिको प्रेम समर्पण भावमा रहेको छ ।

कुलेखानी र वरपरका रमणीय स्थानमा छायाङ्कन गरिएको यो भिडिओमा गायक रमेश पाठककै निर्देशन र कृष्ण रसालको कोरियोग्राफी रहेको छ ,जसमा साजन नेपाल र एलिना गुरुङले प्रेमी जोडीका रुपमा अभिनय गरेका छन् भने योगेश दाहालको सिनेम्याटोग्राफी र दिन्शन शाहको दृश्य तथा कलर सम्पादन रहेको छ ।
भिडिओ सार्वजनिक कार्यक्रममा गीत तथा भिडिओसँग सम्बन्धित सर्जक र कलाकार र केही सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको