Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

जनदवाव पछि क्रिकेट रंगशालाको काम अघि बढाइँदै,पुरा होला त धुर्मुसको सपना ?

Reporter

– कुर्मराज आचार्य,राष्ट्रखवर

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला ओझेलमा परेको छ  । चितवनको भरतपुर महनगरपालिका-१६ मा निर्माण गर्न लागिएको उक्त रंगशाला आर्थिक अभावका कारण ओझेलमा परेको हो । २०७५ माघ १६ गते कलाकार सिताराम कट्टेल ‘धुर्मुस ‘ र कुन्जना घिमिरे ‘सुन्तली’ द्वारा उद्घाटन गरिएको उक्त रंगशाला त्यसको एक वर्ष पछि ३७ प्रतिशत काम सकिएको भएपनि हालसम्म आइपुग्दा रंगशालाको बाँकी काम हुन सकिरहेको छैन ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको कृषि तथा वन विश्वविद्यालयको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा करिब तीन अर्ब लागत अनुमानका साथ निर्माण गर्न लागिएको उक्त रंगशालामा रकम अभावका कारण जीर्ण बन्दै गएको छ । २०७२ सालको महा-भुकम्पले घरबार बिहिन भएका नागरिकहरूको बस्ती निर्माणमा जुटेका कलाकार दोय ‘धुर्मुस सुन्तली’ ले नेपालको खेल क्षेत्रलाई पनि विश्वमा चिनाउन सकिन्छ भन्ने ध्येयका साथ क्रिकेट खेलप्रतिको नेपाली झुकाव र लगावबाट प्राप्त सफलतालाई मध्यनजर गर्दै रंगशालामा निर्माणको महा-अभियानको थालनी गरेका थिए ।

देश विदेशमा रहेका नेपालीहरुबाट सहयोग प्राप्त गरि रंगशाला निर्माण गर्ने योजनमा रहेको ‘धुर्मुस सुन्तली’ फाउन्डेसनले सोचे जस्तो रकम सङ्कलन गर्न नसकेपछि सरकारलाई बुझाउने निर्णय गरेको थियो । ३७ प्रतिशत निर्माण कार्य सम्पन्न हुँदाका बखत ६३ करोड खर्च भएको र जसमा १८ करोड ४१ लाख ऋण मात्र रहेको भन्दै ऋणबाट रंगशाला निर्माण गर्न नसकिने मोडमा फाउन्डेसन पुगेको थियो । त्यसको लगत्तै नेपाल सरकार र भरतपुर महानगरसंग हारगुहार गरि रंगशाला निर्माणको जिम्मेवारी लिइदिन आग्रह गरेपनी उनिहरु तयार नहुँदा रंगशाला बन्न सकेको छैन ।

सस्तो लोकप्रियता र नागरिकको मत बटुल्न सरकार तथा विभिन्न नेतृत्व वर्गहरुले आश्वासन मात्रै दिए तर रंगशाला बनेन । नेपालले क्रिकेट क्षेत्रमा पाएको सफलताका बखत भावनामा तैरिने नेतागणहरुले थुप्रै झुटा सपना देखाएपनी अलपत्र पारिएको रंगशाला निर्माण हुन सकेन ।

भर्खरै सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टू को लागि किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल हेर्न हजारौं मान्छेको भिड लाग्यो र फराकिलो मैदानको अभावका कारण कतिपय क्रिकेट प्रेमिहरु खेल हेर्न बन्चित भए । जमिनमा ठाँउ नपाएपछि रुखमा चढेर भएपनी क्रिकेट हेरेको देखियो । खेलाडीहरुलाई हौसला दिन भनी त्रिवि मैदानमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध नारावाजी समेत भए ।

नेपालले यो खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको खुसी देशव्यापी फैलियो । त्यसको भोलिपल्टै प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई ३/३ लाखको दरले पुरस्कार समेत प्रदान गरे तर, यो पुरस्कारले नेपाली जनता र सम्पुर्ण खेलप्रेमिहरुमा आशिंक खुसी दिएपनी खेल मैदान बनाउनै पर्ने दवाव बढेको छ ।

जनताहरुले धुर्मुस सुन्तली फाउन्डेसनको कामलाई प्रशंसा गर्दै गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अब सरकार आफै जुट्न दबाब दिइरहेका छन् । दवावकै कारण पनि यस पटक उच्च तहबाट रंगशाला पून: निर्माणमा चासो देखाईएको छ ।

भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो ।
भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो । तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो ,अव चाडैै नै भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रङ्गशालाको काम गर्न लागिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषदबाट निर्णय हुने बताइन् । तिर्नुपर्ने भुक्तानीको टुङ्गो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाइ छ ।

खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययन समेत गराएको छ । सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ ।

यता धुर्मस पनि करिव २ वर्षदेखि निरन्तर रंगशाला निर्माणको जिम्मेवारी लिईदिन सम्बन्धित निकायलाई अनुरोध गर्दै आईरहेका छन । तर अचम्म खेल क्षेत्रकै पदाधिकारी तथा सम्बन्धित निकाय नै रंगशाला निर्माणमा कुनै तत्परता नदेखाई जिम्मेवारीबाट पन्छिन खोज्दै आईरहेका छ ।  फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा रु ५७ करोड ९२ लाख खर्च भएको छ । सोमध्ये नगद र जिन्सी गरी रु ३९ करोड ८० लाख उठेको कट्टेल बताउँछन्

। रकम तिर्न नसके पछि विसं २०७७ साउनदेखि रङ्गशाला निर्माणको काम रोकिएको हो । आफुले देखेका सपना पुरा हुनेमा विश्वस्त रहेको र कुनै दिन त यस क्षेत्रका दिग्गजहरुले रंगशालाको महत्व बुझ्नेमा धुर्मस सुन्तली फाउण्डेसन आशावादी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको