Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

एसइई परिक्षाको तयारी पूरा प्रतिनिधि सभाको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीमा आईजिपीको टुंगो लाग्ने मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ

प्रकृतिले चर्चित अमेरिकन गायक एन्डी ग्रामरको कार्यक्रममा आफ्नो प्रस्तुति दिने

admin

अमेरिकामा जन्मिएकी नेपाली मूलकी प्रतिभा कलाकार प्रकृति देउजाले चर्चित अमेरिकन गायक एन्डी ग्रामर को कार्यक्रममा गीत प्रारम्भ गर्ने भएकी छिन् । उनि र उनका संगीत मण्डली म्युजिक ब्याण्ड ( वि दि पिपुल) ले प्रस्तुति गर्ने भएको छ । एन्डीका प्रसिद्ध गीत ‘हनी आइएम गुड’ जुन अमेरिकन उत्कृष्ट एक सय गीतमा बिलबोर्डको नवौ स्थानमा पर्न सफल भएको छ । यसरी नेपाली मूलका नव प्रतिभा गायिका प्रकृतिले एउटा नया ईतिहास रच्ने मौका पाउने छिन् । एन्डी ग्रामरको कार्यक्रम आगामी अगस्त २५ तारिखमा हुने छ । एन्डीले आफ्नो प्रस्तुति भर्जिनियाको आर्लिंगटन स्थित म्यारी माउन्ट बिश्व बिद्यालयमा प्रस्तुत गर्ने छन् । एन्डी ग्रामर चर्चित अमेरिकन गायक तथा गीतकार पनि हुन् ।


अमेरिकाको डिसी महानगर क्षेत्रका बिदेशी तथा नेपाली समुदायमा अंग्रेजी गीत गाई रहने प्रकृतिले अमेरिकन गायकका अगाडी यसरी प्रस्तुति देखाउन पाउनु निकै महत्वपूर्ण मानिन्छ । नेपाली चेली प्रकृतिले नेपाल र नेपालीको पहिचान गराउने छिन् ।

प्रकृतिलाई विभिन्न कार्यक्रमहरुमा अमेरिकन राष्ट्रिय गान गाउन भ्याई नभ्याई हुन्छ भने उनले नेपाली समुदाय तथा बिदेशीहरुका विभिन्न कार्यक्रममा राष्ट्रिय गान को साथै अंग्रेजी गीत प्रस्तुत गर्दै आई रहेकी छिन् । अमेरिकामा जन्मिएता पनि नेपाली कला संस्कृति,,परम्परा,चाडपर्व उतिकै श्रद्धाको साथ मनाउने प्रकृति अमेरिकामा निकै चर्चित् बन्दै गइ रहेकी छिन् । यस अघि उल्लेख्य संख्यामा रहेका बिदेशीहरु माझ उनको प्रस्तुति रहेको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको