-डा.डिआर उपाध्याय,
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट बिश्वासको मत लिएका छन् । अब सरकार बिस्तार गर्ने कुरामा उनको ध्यान केन्द्रित हुने छ ।
आज देश सत्ताको गोलचक्करमा घुमिरहेको छ। देशको उन्नति प्रगति गर्ने कुरामा राजनीतिक दल र तिनका नेताहरुको पटक्कै ध्यान गएको देखिदैन ।
आज देशको राजनीति सहि बाटोमा जान नसक्दा अनेक खालका समस्या आउने सम्भावना देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतीको कुरा उठाइरहेका छन् ।
यता एमालेका नेताहरुले एमाले बिना कस्तो राष्ट्रिय सहमती बनाउन खोजेको भनेर प्रश्न उठाइरहेको छ ।
आज दलहरु आ आफनो स्वार्थमा लिप्त छन् । राष्ट्रिय सहमतीको नाममा राजनीतिक दल र तिनका नेताहरुले मुलुक लुटने काम गर्दै आएका छन् ।
आलोपालो सत्तामा जानेहरुले देशको ढुकुटी सिध्याएर मुलुक थप संकटमा पर्दैछ । अब देशको बारेमा चिन्ता गर्ने राजनेताको खाँचो छ ।
अहिलेका नेताहरु खासै इमान्दार देखिएनन् । लामो समय देखि यीनै नेताहरु दोहोरीदै नेतृत्व र सत्तामा आइरहेका छन् ।
जनता नेतृत्व प्रति वाक्क दिक्क छन् । जनताका समस्याहरु दिनौं बढदै छन् । जनताका समस्या प्रति अहिले सम्म बनेका कुनै पनि सरकार गम्भिर बन्न सकेनन् ।
जसले गर्दा देशमा समस्या बढदै गएको हो ।यति बेला राजनीतिक दलहरुको ध्यान सत्ताको गोलचक्कर तिर छ ।
राजनीतिक दल र तिनका नेताहरुलाई देश र जनताको कुनै मतलव छैन । आफ्नै व्यक्तिगत स्वार्थ पुरा गर्ने तर्फ दौडिरहेका छन् । यो अवस्थाले मुलुक संकट तर्फ छ ।
सत्ता र शक्तिमा भएका नेताहरू अहिले कसैलाई गन्दैनन् । चिने पनि नचिने जस्तो गरि सिंहदरवार घुमिरहेका छन् ।
अहिलेको सबै भन्दा ठूलो चिन्ता यो हो। बिभिन्न दलका शीर्ष नेताहरु एकलएकल निर्णय गर्दै आफू खुशी काम गर्दै छन् ।
जनताले जिताएर पठाएका सांसद संसद भित्र हाइकाढेर निदाएका छन भने कति पय संसद फेद न टुप्पाको चर्का कुरा गरेर भाषण छाटनैमा ब्यस्त छन् ।
यो कुरा हामी छर्लगं देखिरहेका छौ नी । लोकतान्त्रिक भावना र मर्मविपरीत कोही पनि जान पाइदैन ।
लोकतान्त्रिक ब्यवस्थामा अधिनायकवादी चरित्र देखाउन मिल्दैन । जनताले सुम्पेको जिम्मेवारी दलहरु र तिनका सांसदहरूले पुरा गरेर देखाउनुपर्छ ।
होइन भने उनीहरूले गम्भिरताका साथ सोच्नु पर्छ । दलहरुबीच देखिएको सत्ता स्वार्थको राजनीतिले मुलुक पछाडी धकेल्लिदै छ ।
गणतान्त्रिक व्यवस्था माथि केही तत्वहरुले खेलवाड गरिरहेका छन् । यसमा हामी सबै सचेत बन्न भने जरुरी छ ।
खासमा यसले जनतामा निम्त्याएको राजनीतिप्रतिको बितृष्णा हो । ति तत्वहरु प्रति दलहरू पटक्कै सचेत देखिन्नन्।
आजको आवश्यक सुशासन हो र तत्काल अर्थतन्त्रलाई त्राण दिँदै समृद्धिको यात्रा तय गर्नु राजनीतिको मूल दायित्व हो।
यो दिशा तर्फ दलहरु अघि बढनु पर्ने हो, खै कता कता अलमल्लिरहेका छन् । राजनीतिमा नीति, निष्ठा, नैतिकता, आदर्श र सिद्धान्त हुनुपर्छ ।
आज कता कता राजनीतिमा यी सबै कुरा हराउँदै गएको देखिन्छ । जनप्रतिनिधिको मूल काम भनेको कानुन निर्माण हो।
आज सांसद्हरुको मुख्य ध्यान भने कानुन निर्माणमा नभई सत्तामा पुग्ने र मन्त्री बन्ने देखिन्छ ।
यस्तो संस्कारले मुलुक लाई अघि बढाउन सकिदैन । संसद्को नियमित बैठकमै सांसदहरूको गणपूरक संख्या पुग्न नसकेर बैठक स्थगित भएका धेरै घटना छन् ।
यो जनप्रतिनिधिको गैरजिम्मेवारीपन हो । राजनीतिक दल र तिनका नेताहरुको ध्यान देश र जनतामा नभई सत्तामा छ ।
मुख्य दलका शीर्ष नेतामध्ये को प्रधानमन्त्री हुने, कति समय हुने र अर्काेको पालो कहिले आउने भन्नेबाहेक अरु कुरा केही सुनिदैन ।
मुठीभर नेताको चाहना र उनीहरूको इशारामा मुलुक जनतन चलिरहेको छ ।